सुन तस्करी प्रकरणमा पूर्व सभामुख महराका छोरासहितलाई मुद्दा चलाउन सिआइबीको राय



काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले विद्युतीय चुरोट (भेप) मार्फत अवैध सुन तस्करी गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनामाथि अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ।

सिआइबीले शुक्रबार सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै राहुल महरासँगै दावा छिरिङ, लोकेन्द्रबहादुर पौडेल र निमा गुरूङविरूद्ध मुद्दा चलाउन राय दिएको हो।

सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले पनि राहुल महरासहित चार जनाविरुद्ध मुद्दा चलाउन राय आएको जानकारी गराएका हुन् । योसँगै पूर्व सभामुख कृष्णबहादुर महराविरूद्ध भने मुद्दा चलाउनु नपर्ने सुझाएको सिआइबीका एक अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्