बुधवार १०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौँ । बुधवार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधवार १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य पनि बुधवार तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने बुधवार अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्