बैङ्किङ कसुर मुद्दामा कैद जरिवाना तोकिई फरार रहेका व्यक्ति पक्राउ



काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा कैद जरिवाना तोकिई फरार रहेका व्यक्तिलाई  पक्राउ गरिएको छ । प्रहरीले ३२ वर्षीय राजु थापालाई पक्राउ गरेको हो । थापा जिल्ला तनहुँ भानु न.पा.वडा नं.१२ घर भई हाल जिल्ला काठमाडौँ कीर्तिपुर न.पा.वडा नं.६ पागा बस्दै आएका थिए ।

नेपाल सरकार वादी  र प्रतिवादी राजु थापा भएको बैङ्किङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०८०/०३/०३ गतेको फैसलाले  उनलाई बैङ्किङ कसुर मुद्दामा कैद जरिवाना तोकेका थियो । बिगो रू.५,००,०००.-जाहेरवालालाई भराई बिगो बमोजिम रू.५,००,०००- जरिवाना, क्षतिपूर्ति शुल्क रू.२०,०००.- राहत कोषमा जम्मा गराई २ (दुई ) दिन कैद हुने ठहर भई फरार रहेका प्रतिवादी राजु थापालाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८०/०६/२२ गते जिल्ला  काठमाडौँ  का.म.न.पा. वडा नं.१४ बल्खुबाट पक्राउ गरी निजलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्