सन्दीप लामिछाने आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने 



काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने  बताएका छन् । बिहीबार राति फेसबुक स्ट्याटस लेख्दै उनले आफू जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको उल्लेख गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने बताएका हुन् ।

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कात्तिक १ गतेदेखि १० गतेसम्म घरेलु मैदानमा हुने नेपाल, युएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज उनले नखेल्ने निर्णय गरेका हुन् । सन्दीपलाई नाबालिगका बलात्कारको आरोप लागेको छ । मनीविरुद्धको मुद्दाको सुनुवाइ पटक९पटक स्थगित हुँदै आएको छ ।

उनले फेसबुकमा लेखेका छन्, भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु । आफूलाई पुनः जागृत गर्न आवश्यक छ र त्यसका लागि परिवारसँग समय चाहिन्छ भन्ने महसुस गरेको छु । मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद। अर्को भेट नभए सम्म ।’ काठमाडौँ जिल्ला अदालतमा हिजो बिहीबारका लागि तोकिएको मुद्दाको सुनुवाइ पनि न्यायाधीश अभावको कारण देखाउँदै स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्