एमाले मधेश प्रदश पदाधिकारी सर्वसम्मत



काठमाडौँ । नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ ।अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुन् । उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट )र मोहम्मद कैस (धनुषा) चयन भएका छन् ।

अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको हो । अब निर्वाचन प्रक्रियाले अन्तिम रूप दिइने छ । आजै पदाधिकारी निर्वाचित भएको घोषणा गरिने भएको छ । जनकपुरधाममा बुधवार देखी जारी एमालेको प्रथम अधिवेशनमा बिहीबार बिहानदेखि बन्द सत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने कसरतपछि पदाधिकारीमा सहमति जुटेको हो । अध्यक्ष छनोट भएका मण्डल पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठ निकटका छन् भने उपाध्यक्ष विचारी यादव केन्द्रीय सचिव रघुवीर महासेठ निकट मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्