सिंहदरबारमा आन्दोलनरत अधिकारकर्मी पक्राउ



काठमाडौँ । काठमाडौँको सिंहदरबारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहितका अधिकारीकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नु पर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो ।

उनीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो । समाजले १६ जना अधिकारकर्मीलाई नियन्त्रणमा लिएको हो । उनीहरूले सङ्क्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनु पर्ने फागुन १ गते बिदा दिने निर्णय खारेज हुनु पर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नु पर्ने माग राखेका छन् ।

मानव अधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही सञ्चालन गरिरहेको देशव्यापी अभियानका क्रममा यो प्रदर्शन आयोजना गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्