केदार कार्कीलाई समर्थन गर्ने सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन काँग्रेसको आग्रह 



काठमाडौँ । कोशी काँग्रेसको कार्यसम्पादन समितिको बैठकले केदार कार्की मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन भनेको छ ।  बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन भनेको हो ।

बैठकले पार्टीलाई एकताबद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध समेत गरेको छ भने केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार काङ्ग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको छ ।

सत्तारूढ गठबन्धनले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। तर केदार कार्कीसहित काँग्रेसका सांसदहरूले उक्त निर्णयलाई चुनौती दिएका थिए।

प्रतिक्रिया दिनुहोस्