सुदूरपश्चिममा भूकम्पको धक्का महसुस   



काठमाडौँ । सुदूरपश्चिममा भूकम्पको धक्का महसुस  गरिएको छ । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार  दार्चुलापारि भारतको बतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्