अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दैलेखका कुल बहादुर पन्त पक्राउ 



काठमाडौँ । काठमाडौँ  उपत्यका अपराध अनुसन्धान कार्यालय अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने  एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने जिल्ला दैलेख दुल्लु न.पा. वडा नं.११  घर भई हाल जिल्ला काठमाडौँ नागार्जुन न।पा। वडा नं. ११ बस्ने वर्ष ४० को कुल बहादुर पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले भुवनेश्वर अनात्यलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै त्यसको लागि रु १६,००,०००।– (अक्षेरुपी सोह्र लाख रुपैंया) लाग्छ, आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी उनीबाट रु ११,५०,०००।-(अक्षेरुपी एघार लाख पचास हजार ) रकम लिई सम्पर्क विहीन भएका थिए । पक्राउ परेका  कुल बहादुर पन्तलाई  गरी वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्