एयर एशियाका सीईओ मसाजको मजा लिँदै बैठकमा



काठमाडौँ । एयर एशियाका सीईओ टोनी फर्नान्डिसको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा हङ्गामा मच्चिएको छ । जसमा एयर एसियाका सीईओ बिना शर्ट लगाएर मसाजको मजा लिइरहेका छन् । उनले आफैँले लिङ्क्डइनमा यो तस्बिर सेयर गर्दै आफू पनि सोही शैलीमा व्यवस्थापन बैठकमा सहभागी भएको जनाएका छन् । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो तस्बिर देखेपछि सीईओलाई गलत भन्दै ट्रोल गर्न थाले ।

टोनी फर्नान्डिसले लिंक्डइनमा आफ्नो तस्बिर सेयर गर्दै लेखे, तनावपूर्ण हप्तापछि भेरानिटा जोसेफिनले मसाज गर्न सुझाव दिएकी छन् । उनले थप लेखेका छन्, ‘मलाई इन्डोनेसिया र एयर एसियाको संस्कृति मन पर्छ किनभने म यहाँ मसाज गर्दा व्यवस्थापन बैठकमा सहभागी हुन सक्छु । उनले एयरलाइन्सले प्रगति गरिरहेको र आगामी दिनहरू अझै रोमाञ्चक हुने बताए । तर यस्तो देखिन्छ कि लिंक्डइन प्रयोगकर्ताहरूले एयर एशियाका सीईओको यो शैली मन पराएनन्। धेरैले यो इशारालाई गलत ठानेका छन्।

प्रतिक्रिया दिनुहोस्