पाल्पामा जिप दुर्घटना हुँदा पाँच जना घाइते



काठमाडौँ । पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्–रामपुर सडक खण्ड हुँदै वीरकोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको हो। भ्यान सडकदेखि दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी रम्भा–४, रमाइडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही स्थानका २७ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कवरमगर, १९ वर्षका मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू गम्भीर घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य छ । उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान  भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्