गुरु प्रशोधित पिउने पानी कम्पनीको पानी पिउँदा वान्ता, छैन अनुगमन 



डम्मर धामी, काठमाडौँ । पानी मानिसको जीवनको लागि चाहीने अक्सिजन भन्दा दोस्रो महत्त्वपूर्ण पदार्थ हो । स्वस्थ्य मानिसका लागि दैनिक रूपमा करिब पाँच लिटर पानी आवश्यक पर्दछ । तर त्यही पानी विष बन्दियो भने अवस्था के होला ? र दैनिक जीवनमा मानिसले  सबैभन्दा धेरै उपयोग गर्ने पानी जो विभिन्न कम्पनीहरूले शुद्धीकरण गरी बजारमा ल्याएका हुन्छन् ।  तर त्यसमा कति शुद्धता हुन्छ त्यो भने कम्पनीलाई पनि थाहा हुँदैन ।

बोतलमा राखिएको पानी शुद्ध सम्झेर खादा उपभोक्ता भने मारमा पर्ने गरेका छन् । उपभोक्ताहरूले पसलमा बोतलमा भएको पानी किनेर खाँदा एक्कासि वान्ता हुने अवस्था आयो । यो घटना हो जनकपुर जिल्लाको । धनुषा जिल्लामा जानकी मन्दिर नजिकै रहेको पसलमा गुरु प्रशोधित पिउने पानी किनेर खाँदा मानिस एकाएक वान्ता गर्ने थाले । उक्त पानी हो, गुरु प्रशोधित पिउने कम्पनीको । कम्पनी धनुषा जिल्लामै रहेको छ ।

पानी मानिसका लागि हानिकारक देखिएपछि सोधपुछ गर्न खोज्दा कसैले पनि जवाफ दिन चाहेनन् । उक्त कम्पनीको पानीमा विगतमा पनि विभिन्न खोटहरू रहेको पाइएको थियो । पानीको बारेमा कम्पनीलाई सोधपुछ गर्न खोज्दा कम्पनी कुनै प्रतिक्रिया दिएन । कम्पनीले पानीमा आएको समस्यालाई बेवास्ता गरी रहेको छ । सो पसलमा रहेको अक्सर पानीको कार्टुनमा सो समस्या देखिएको हो ।

सो कम्पनीको पानीमा विगतमा पनि समस्या आउने गरेको उपभाेक्तको भनाइ रहेको छ । तर सो क्षेत्रमा बजार अनुगम नहुँदा पनि यस्तो अवस्था आएको उपभोक्ताको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्