भूकम्पबाट घाइते भएका आठ जना त्रिवि शिक्षण अस्पतालमा



त्रिवि शिक्षण अस्पताल

काठमाडौँ । शुक्रवार रातिको भूकम्पमा परेर रुकुम पश्चिममा घाइते भएकामध्ये आठ जनालाई त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ६ जना महिला र दुई जना पुरुष गरेर आठ जनालाई थप उपचारका लागि काठमाडौँको महाराजगन्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको हो ।

जसमा दुई जना बालिका र एक बालक पनि रहेका छन् । जसमध्ये ६ जना बोल्न सक्ने र दुई जना भने रुन मात्रै सक्ने रहेका छन् । रुकुम पश्चिमको सानोभेरी गाउँपालिका एकका १२ वर्षका बालिका निरुता पुन, २० वर्षका सुशीला बुढा, २१ महिनाका बालक रिशव बुढाथोकी रहेका छन् ।

यस्तै सोही गाउँपालिका चारका २० वर्षको बिमला ओली, २२ वर्षका गोपाल बुढाथोकी, ५५ वर्षका मैनी ओली र मुसिकोट नगरपालिका सातका २१ दिनका बालिका सीता पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्