सांसदको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने काँग्रेसको निर्णय



काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना सांसदहरूको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको छ । आइतबार बसेको काँग्रेस संसदीय दलको बैठकले सांसदहरूको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको हो । भूकम्प पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि सङ्घीय संसद्मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूले सो बराबरको रकम दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्