
काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिवार राजीनामा दिएका थिए ।
तर,एमालेको सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको हो । एमाले आफू सरकारमा नजाने तर सरकारलाई दिएको समर्थन कायम राख्ने जनाएको छ । एमाले सरकारलाई दिएको समर्थन कहिले सम्म कायम राख्ने हो त्यो भने खुलाएको छैन ।