पूर्व उपरथी होम लावती जुवा खालबाट पक्राउ



पक्राउ

काठमाडौँ । नेपाली सेनाका पूर्व उपरथी होम लावतीलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । लावतीसहित ८ जना जुवा खालबाट पक्राउ परेका हुन् ।

हात्तिवन स्थित जुवा खालबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको हो। ललितपुर महानगरपालिका–१५ स्थित क्लासिक टावरमा सञ्चालित जुवा खालबाट पक्राउ परेकाहरूलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसर, ललितपुरमा राखिएको छ ।

पक्राउ पर्नेमा पूर्व उपरथी लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु छन् ।

प्रतिक्रिया दिनुहोस्