प्रचण्डको शैली निरंकुशतातर्फ जान खोज्यो-विप्लव



विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मुख थुन्न काम गरेको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डको शैली निरंकुशतातर्फ जान खोजेको आरोप लगाए ।

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउँदैमा सत्तामा टिकिन्छ भन्ने नठान्न पनि उनले चेतावनी दिए । उनले भने, ‘मान्छेको मुख बन्द गरेर भन्दा धेरै मन जितेर सत्ता टिकाउन सकिन्छ, सरकारको काम–कारबाहीले अहिले धेरै मान्छेहरूको मनमा त्रास छाएको छ । जनतालाई असन्तुष्ट बनाएर सत्ता टिकाउन सकिँदैन । जनताको मन जितेर पो सत्ता टिक्छ त ! मान्छेको मुख बन्द गरेर टिक्छ ?’नेपालमा राजतन्त्र र सामन्तहरू फर्किने सम्भावना नरहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्