आईसीसी विश्वकप २०२३ : उपाधिका लागि भारत र अस्ट्रेलिया खेल्दै 



आईसीसी विश्वकप २०२३

काठमाडौँ । भारतमा जारी आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अस्ट्रेलिया आज प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजेबाट सुरु हुने छ ।

भारत पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा पुगेको हो । यस्तै अस्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको थियो ।

फाइनल पुग्ने क्रममा अपराजित भारतले १० मध्ये १० वटै खेल जितेको थियो । यस्तै लिग चरणमा सुरुवाती दुई खेलमा पराजित अस्ट्रेलियाले त्यसपछि लगातार ७ खेल जितेर सेमिफाइनलमा पुगेको थियो ।

लिगमा तेस्रो भएको अस्ट्रेलियाले दोस्रो भएको दक्षिण अफ्रिकालाई पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो । विश्वकप क्रिकेटको सर्वाधिक सफल अस्ट्रेलियाले कीर्तिमानी पाँच पटक उपाधि जितेको छ भने भारतले दुई पटक उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्