भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन काँग्रेसले २५ वटा टोली खटाउने



काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन  आफ्नो टोली खटाउने भएको छ । नेपाली काँग्रेसले २५ वटा टोली खटाउने भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले २५ वटा दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो ।

काँग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले १०–१० जनाको रहने गरी २५ वटा टोली भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठाउने जनाएका छन् । सरकारले अनुदान रकम दिए पनि अस्थायी टहरा बनाउन जनशक्तिको अभाव देखिएले काँग्रेसले टोली खटाउन लागेको हो । जोखिममा रहेको परिवार, बिरामी रहेका, कल महिला भएको परिवार, वृद्ध वृद्धा रहेका परिवारले पैसा पाए पनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था नभएकाले काँग्रेसले स्थानीय सरकारसँग समन्वय गरेर त्यस्ता परिवार पहिचान गरी अस्थायी आवास बनाउन स्वयंसेवक परिचालन गर्ने निर्णय गरेका हो ।

२५ वटा टोली पठाउनेबारे भोलि पार्टी कार्यालय सानेपामा अभिमुखीकरण तालिम दिइने भएको छ । त्यसका लागि भोलि ११ बजे पार्टी कार्यालयमा तालिम गराइँदै छ । अस्थायी आवास बनाउन नेविसंघ–तरुण दलबाट  स्वयंसेवक, इन्जिनिरिङ एशोसिएसनबाट इन्जिनिएर, ट«ेड युनियनबाट जनशती खटाइने भएको छ । उनीहरू करिब एक साता बसेर प्रत्येकले आ–आफ्नो क्षेत्रमा घर बनाएर फर्किने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्