मध्यरातमा काठमाडौँमा भूकम्पको धक्का 



काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राती १ बजेर २० मिनेटको आसपासमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको सो भूकम्प गएको जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस्