सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो



काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख १६ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुनको मूल्य समेत आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्