नेपाली बजारमा सुनको मूल्य उच्च बिन्दुमा



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ । गत शुक्रवारको तुलनामा तोलामा ६०० रुपैयाँ वृद्धि हुँदा छापावाल सुनको भाउ प्रतितोला १ लाख १६ हजार ९०० र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । गत शुक्रवार चाँदीको प्रतितोला मूल्य १४ सय ५० रुपैयाँ रहेकोमा आइतबार १४ सय ८५ रुपैयाँ पुगेको हो ।विवाह लगायत विभिन्न धार्मिक अनुष्ठानमा खपत बढ्ने हुँदा मङ्सिरमा सुनको भाउ बढ्ने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्