सुनको मूल्यमा नयाँ रेकर्ड



काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारेको अघिल्लो दिन आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।

आइतबार१ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यो सँगै नेपाली बजारमा सुनको भाउ इतिहासकै महँगो बनेको छ । यसअघि गत कार्तिक १२ गते १ लाख १७ हजारमा कारोबार भएको थियो सो मूल्य हालसम्मकै उच्च थियो ।

नेपाली बजारमा आज तेजाबी सुन १ लाख १६ हजार ८५० रुपैयाँ तोकिएको छ। यस्तै,आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । हिजो १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्