गाउँमा आयो सिंहदरबार, झोलामा स्थानीय सरकार



कुस्मा:  सरकारले गाउँगाउँमा सिंहदरबारको अधिकार प्रत्यायोजन गरेको छ । तर, स्थानीय तहका जनप्र्रतिनिधिले भने झोलामा कार्यालयका सामान बोकेर सदरमुकामका होटल तथा चिया पसलबाट सेवाग्राहीका काम गर्दै आएका छन् ।

वडाध्यक्षहरु सदरमुकाम केन्द्रित हुँदा सेवाग्राही भने मर्कामा परेका छन् । जनप्रतिनिधिले राजनीतिक भेला, गोष्ठीजस्ता कार्यक्रम सदरमुकाममा हुने तथा आफ्नो व्यवसाय सदरमुकाममा रहेको भन्दै यस्तो तरिका अपनाएका हुन् । कुस्मा नगरपालिका ३ दुर्लुङ चोकमा भाडामा राखिएको अन्नपूर्णमा खबर छ ।

फलेबास नगरपालिका ११ पाङराङका वडाध्यक्ष शेरबहादुर सुनुवार कुस्मा नगरपालिका ५ मै व्यवसाय गरी बस्छन् । उनले सेवाग्राहीको काम आफ्नै पसलबाट गर्दछन् । मोदी गाउँपालिका ४ का वडाध्यक्ष मनकुमार पुन पनि सचिवसहित सदरमुकामकै होटलबाट काम गर्दै आएका छन् । जलजला गाउँपालिका ९ का वडाध्यक्ष र सचिव पनि अधिकांश समय सदरमुकाममै बस्ने गरेका स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्