मधुमेहबाट बच्न हिँड्नु वा दौडनु राम्रो हो ?



Diabetes

काठमाडौँ । मधुमेह विश्वव्यापी रूपमा गम्भीर स्वास्थ्य समस्या बनेको छ। जब कुनै व्यक्ति मधुमेहबाट ग्रस्त हुन्छ, त्यसको सही उपचार हुन सक्दैन। यही कारणले गर्दा वैज्ञानिकहरूले यसबारे निरन्तर अनुसन्धान गरिरहेका छन् । रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न र मधुमेहबाट बच्न हरेक दिन बिहान, बेलुका वा जुनसुकै समयमा केही समय हिँड्नु राम्रो मानिन्छ। अब हिँड्ने गति र मधुमेहको जोखिम कम गर्ने बिचको सम्बन्धमा नयाँ अनुसन्धान गरिएको छ।

सन्तुलित खानपानदेखि दैनिक व्यायामसम्मका राम्रा बानीहरू आफ्नो दिनचर्यामा अपनाएर मधुमेहका रोगीहरूले पनि स्वस्थ रहन सक्छन्। अमेरिकन डायबिटिज एसोसिएसनका अनुसार मधुमेहबाट बच्न दैनिक १० हजार पाइला हिँड्नु राम्रो हुन्छ ।

ब्रिटिस जनरल स्पोर्ट्स मेडिसिनमा प्रकाशित एउटा नयाँ अनुसन्धानले स्वस्थ रहन र मधुमेहबाट बच्न हिँड्ने अवधि (एक घण्टा-दुई घण्टा) मात्र नभई हिँड्ने गति पनि निकै महत्त्वपूर्ण रहेको बताएको छ । यो नयाँ अनुसन्धानका अनुसार छिटो हिँड्दा टाइप २ मधुमेहको जोखिम ४० प्रतिशतले कम हुन्छ ।

नयाँ अनुसन्धानले सामान्य गतिमा हिँड्ने मानिसको तुलनामा तीव्र गतिमा हिँड्नेहरूलाई मधुमेहको जोखिम २४ प्रतिशत कम हुने देखाएको छ । त्यसै गरी, यदि तपाईँले आफ्नो हिँड्ने गति बढाउनुभयो भने, यो मेटाबोलिक डिसअर्डर अर्थात् मधुमेहको जोखिम ३९ प्रतिशतले कम हुन सक्छ, अर्थात् सामान्य हिँड्नुको सट्टा तीव्र गतिमा हिँड्ने हो भने यस्तो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्