गृहमन्त्री श्रेष्ठको मुटुको शल्यक्रिया सफल



गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मङ्गलवार बेलुकी गङ्गालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो । अहिले उनको अवस्था स्थिर रहेको छ । मन्त्री श्रेष्ठको मुटुको देब्रे नसा (left Anterior Descending Coronary Artery) को एन्जिओप्लास्टी गरिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्