अवैध रूपमा औषधि बिक्री गर्ने फार्मेसीमा सिलबन्दी



फार्मेसी

काठमाडौँ । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैध रूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई सिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलवार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैध रूपमा औषधि बिक्री वितरण गर्ने बुढानीलकण्ठ नगरपालिका–१० आदर्श नगर चोकस्थित लाइफ केयर फर्मालाई सिलबन्दी गरेको हो ।

बुढानीलकण्ठ क्षेत्रका चार वटा औषधि पसल अनुगमन गर्दा अवैध रूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा सिलबन्दी गरिएको हो । विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्