हतियार चोरीको आरोपमा काठमाडौँबाट ३ जना पक्राउ



काठमाडौँ । राजधानी काठमाडौँबाट २ थान हतियार चोरी गरेको आरोपमा आरोपमा प्रहरीले १ युवतीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराह नगरपालिका–३ घर भई काठमाडौँ महानगरपालिका–१४ बस्ने दिलीप माझी, ताहाचल बस्ने कुशल मल्लिक र काभ्रेको धुलिखेल नगरपालिका–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने काजलकुमारी भुजेल रहेका छन् ।

गत मङ्सिर १६ गते ताहाचलस्थित पुष्प जोशीको घरबाट इजाजतपत्र सहितको २ नाले ४१० बोरको टोटावाल बन्दुक र जेड २१६२२९ को २२ बोरको राइफल गरी २ हतियारहरू चोरी गरेको आरोप उनीहरूमाथि रहेको छ । प्रहरी वृत्त कालीमाटीको टोलीले विभिन्न स्थानबाट तीनै जनालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्