मध्य तथा पश्चिमी तराईको हुस्सु तथा कुहिरो मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने



हुस्स/कुहिरो

काठमाडौँ । देशको पूर्वी तथा मध्य तराईका केही स्थानहरूमा तथा पश्चिमी तराईका एक९दुई स्थानमा हुस्सु तथा कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ ।

बिहानको समयमा लागेको मध्य तथा पश्चिमी तराईको हुस्सु तथा कुहिरो मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने तथा पूर्वी तराईमा लागेको हुस्सु तथा कुहिरो मध्यान्न पछि क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको हुँदा आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्