शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरण पुरा



शौर्य मिथिला लोक चित्रकला

काठमाडौँ । मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ। मधेस प्रदेश स्तरमा गरिएको सो प्रतियोगिता १ सय ५० वटा भन्दा बढी आवेदन परेको थियो। जसबाट दोस्रो चरणमा ७५ जनालाई छनोट गरिएको थियो। छनोट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योग को परिसर स्थित हलमा क्यानभासमा चित्र बनाएका थिए।

उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनोट गरिने छ। जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ। तेस्रो चरणको प्रतियोगिता पुस २ गतेदेखि ७ गते सम्म चल्नेछ।

प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकी १२ जनालाई ५ ९५ हजार नगद प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्