काठमाडौँ महानगरपालिकाले लगायो सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थको बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको छ ।महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको हो । जसअनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ ।

प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो ।काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्