चीनमा शक्तिशाली भूकम्प : ९५ जनाको मृत्यु



bhukampa

काठमाडौँ । चीनको उत्तर पश्चिमी क्षेत्रमा भूकम्पले ठुलो क्षति पुर्‍याएको छ । गान्सु र छिङहाई प्रान्तमा गएको भूकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै एपी रिपोर्टका अनुसार दुई सयभन्दा बढी घाइते भएका छन्। मिडिया रिपोर्टका अनुसार यस भूकम्पमा केही भवनहरू पनि ध्वस्त भएका छन्। अहिले मानिसहरुको उद्धारको काम भइरहेको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प लिनक्सिया चेङगुआन्जेन, गान्सुबाट करिब ३७ किलोमिटर र लान्झाउ, गान्सुबाट करिब १०० किलोमिटर टाढा गएको हो । भूकम्पको गहिराई १० किलोमिटर रहेको बताइएको छ ।

चीनको गान्सु प्रान्तमा सोमबार साँझ गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिशान काउन्टीमा भूकम्प गएको स्थानीय अधिकारीहरूले बताएका छन् । यस महिनाको सुरुमा चीनको सिनजियाङमा ४.७ रेक्टर स्केलको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ

प्रतिक्रिया दिनुहोस्