मध्य भोटेकोशीको साधारण सभा आह्वान



काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड (MBJC) ले पुस २७ गते, शुक्रवार, कुण्डलिनी दरबार बैंक्वेट, चण्डोल, काठमाडौँमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुने गरी लिइएको ऋणको सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। त्यसै गरी, सभाले सञ्चालक समितिका सदस्यहरूको सुविधाका सम्बन्धमा, लेखा परीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणको सम्बन्धमा प्रस्तावहरू पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुकक्लोज गर्नेछ। पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्