बढ्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएकोमा आज ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार २५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४ सय ८५ रुपैयाँ मूल्य कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्