उखु किसानले पाउन थाले अनुदानबापतको रकम 



काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने ८० करोड रुपियाँ रकम भुक्तानी गरेको छ । गत आर्थिक वर्षको बाँकी रहेको अर्बभन्दा बढी रकममध्ये ८० करोड रुपियाँ भुक्तानी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १ गते अर्थमन्त्री डा। प्रकाशरण महत, कृषिमन्त्री डा। वेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्य सचिव डा। वैकुण्ठ अर्याललगायत मन्त्रालयका सचिवसहितको छलफलमा उखु किसानले प्राप्त गर्ने अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएका थिए ।

किसानले अनुदान स्वरूप पाउने ५२ करोड बक्यौता रकम भुक्तानीका लागि मन्त्रीपरिषद्ले स्वीकृत दिएकाले तत्कालै निकासा गरी जिल्ला जिल्लामा कृषकको खातामा पठाएको कृषि मन्त्रालयले जनाएको छ । आव २०७९/८० मा किसानलाई भुक्तानी गर्न बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ वितरण सुरु गरिएको कृषि मन्त्रालयले जनाएको छ ।उखु किसानलाई भुक्तानी दिन बाँकी रहेको ५२ करोड रुपियाँ तत्काल भुक्तानी गर्न निर्देशन दिएपछि अर्थ मन्त्रालयले सो निकासा गरेको हो ।

सरकारले हालै यस वर्षको उखुको समर्थन मूल्य ६३५ रुपियाँ कायम गरेको छ । पुस ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले चिनी उद्योगीले प्रतिक्विन्टल ५६५ रुपियाँ र सरकारले दिने अनुदान ७० रुपियाँ प्रतिक्विन्टल गरी ६३५ रुपियाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्