नेपाली बजारमा सुनको मूल्य बढ्यो



काठमाडौँ । सातको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ३५० रुपैयाँ कायम भएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्