प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । यससँगै उनी तेस्रो पटक मुलुकको प्रधानमन्त्री बने । यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आफैँले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै अब नयाँ ढङ्गले काम गर्ने सार्वजनिक घोषणा गर्दै आएका छन् । प्रमुख प्रतिपक्ष दल एमालेले भने प्रचण्ड सरकारले जनताको चाहाना अनुरूप काम गर्ने नसकेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्