सुनको मूल्यमा नयाँ रेकर्ड



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड  बनाएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

भाउ महँगो हुँदा अहिले बजारमा सुनको माग भने घटिरहेको छ। मङ्सिर सकिएपछि सुनको माग झनै घटेको व्यवसायीहरू बत्ताउँछन्। मङ्सिर मा विवाहको लगनले गर्दा सुनको माग धेरै हुने गर्छ। पुस लागेपछि भने सुनको कारोबार घटेको छ तर मूल्य भने निरन्तर बढी रहेको छ।

प्रतिक्रिया दिनुहोस्