नेप्सेसँगै घट्यो कारोबार रकम 



काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार  नेप्से परिसूचक सामान्य अङ्क घटेर बन्द भएको छ। गत साताको बिहीबारदेखि घटिरहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक १।९३ अङ्क घटेर २०६८.९० विन्दुमा झरेको छ। त्यसै गरी, सेन्सेटिभ इण्डेक्स १.६२ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अङ्क घटेको छ।

नेप्सेसँगै बिहीबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा बिहीबार ३०३ स्टकको १ लाख १ हजार ५०४ पटकको कारोबारमा ४ अर्ब २९ करोड ९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ५८ हजार कित्ता सेयर कारोबार भएको छ।

नेप्से घटे पनि ५ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिहीबार भिजन लुम्बिनी ऊर्जा, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, मनकामना इन्जिनियरिङ्ग र मुक्तिनाथ कृषि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बिहीबार धौलागिरि लघुवित्त र बिपिडब्लु लघुवित्तको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा बिहीबार सोनापुर मिनरल्स एन्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १४ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसै गरी, बिहीबार शिवम् सिमेन्ट्स र घोराही सिमेन्ट्सको १३ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

बिहीबार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। बिहीबार होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्