नबिल बैङ्कको ११ प्रतिशत लाभांश  साधारणबाट पारित



काठमाडौँ । नबिल बैङ्क लिमिटेड(NABIL)ले आफ्नो ३९ औँ वार्षिक साधारणबाट ११ प्रतिशत लाभांशको प्रस्ताव पारित भएको छ ।  बैङ्क सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।

सभाले बैङ्कको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैङ्कको स्वीकृति अनुसार आ.व।.२०७९/०८० को मुनाफाबाट सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैङ्क आ.व.२०७९/८० मा ६ अर्ब ४० करोड रुपैयाँ मुनाफा गर्न सफल भएको थियो ।

नबिलले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । बैङ्कले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालाहरूसँग सँगै अघि बढ्ने विश्वास राखेको छ ।

प्रतिक्रिया दिनुहोस्