पौष महिनामा सूर्यदेव र पितृलाई कसरी प्रसन्न गर्ने



काठमाडौँ । पौष महिनामा सूर्यदेवको नियमित पूजा गरे मानिस वर्षभर स्वस्थ र सम्पन्न रहन्छ भनिन्छ । हिन्दु धर्मग्रन्थमा पञ्चदेवको वर्णन रहेको छ, जसमध्ये सूर्य भगवान् एक मात्र भगवान् हुनुहुन्छ जसलाई हामीले हरेक दिन देख्न सक्छौँ । त्यसैले बिहान सूर्य पूजा गरेर दिनको सुरुवात गर्ने महत्त्व शास्त्रमा उल्लेख गरिएको छ । पौष महिनामा बिहान सूर्योदयमा उठेर स्नान गरी सूर्यदेवलाई अर्घ दिनुपर्छ । पौष महिनामा सूर्यदेवलाई जल अर्पण गर्नाले विशेष फल प्राप्त हुन्छ ।

सूर्यदेवलाई अर्घ दिँदा तामाको भाँडो प्रयोग गर्नुहोस्। तामाको भाँडोमा पानी भरेर त्यसमा गुलाबको पात मिसाएर सूर्यदेवलाई अर्पण गर्नुहोस् ।पौष महिनामा तामाको वस्तु दान र प्रयोग गर्नुपर्छ । यसो गर्नाले कुण्डलीमा रहेको सूर्यको दोषबाट मुक्ति मिल्छ र पितृहरू प्रसन्न हुन्छन्।

पौषको यो पवित्र महिनामा घरबाट बाहिर निस्कँदा र सूर्य मन्दिरको दर्शन गर्दा शिर झुकाएर गर्नुहोस् । यसो गर्नाले सूर्य देवता मात्र होइन पितृहरू पनि प्रसन्न हुन्छन्।पौष महिनाको हरेक आइतबार गुड़ दान गर्नुपर्छ । यसो गर्नाले भगवान् सूर्यदेव प्रसन्न भई सुखमय जीवनको आशीर्वाद प्रदान गर्नुहुन्छ।

पौष महिनामा सूर्यदेवलाई जल चढाउने र गुड़ दान गर्ने ठुलो महत्त्व छ । साथै सूर्यदेवको तामाको मुर्ति घरमा ल्याई दिनहुँ पूजा गर्नुहोस्। घरका बालबालिका पढाइमा फेल भएमा उनीहरूलाई हरेक आइतबार बिहान सूर्यदेवलाई जल चढाउने र हरेक आइतबार गुड़ र रोटी दान गराउने । यसो गर्नाले सूर्य देव प्रसन्न हुनुका साथै सन्तान मानसिक रूपमा बलियो बन्नेछन् । पौष महिनामा यी दुई मन्त्रको कम्तीमा १०८ पटक जप गर्नुहोस्। यी दुई मन्त्र यस प्रकार छन्९ ओम आदित्यय नमः र ओम भास्कराय नमः।

प्रतिक्रिया दिनुहोस्