रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु



काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले तीन जना नेपालीको मृत्यु भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको सूचना आफूहरूलाई प्राप्त भएको जानकारी गराए ।

मृत्यु हुने स्याङ्जाका हरिप्रसाद अर्याल,धार्दिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रहेका छन् । योसँगै रुसी सेनामा भर्ना भई मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्