सार्वजनिक बिदा दिने देशमा नेपाल विश्वमै पहिलो नम्बरमा 



काठमाडौँ । वार्षिक रूपमा कुन देशमा सबैभन्दा धेरै सार्वजनिक बिदा दिन्छ, के तपाइलाई थाहा छ । यदि यसबारेमा थाहा पाउनुभयो भने छक्क पर्नु हुने छ । विश्वमै सबैभन्दा धेरै सार्वजनिक बिदा दिने देश हो नेपाल । नेपालमा वर्ष दिनमा ३५ दिन सार्वजनिक बिदा रहेका छन् । हालै मात्रै वर्ड अफ स्टाटिक्सले सार्वजनिक गरेको विवरण सो देखाएको हो ।

विश्वकै दोस्रो धेरै सार्वजनिक बिदा दिने देशको सूचिमा म्यानमार रहेको छ । म्यानमारमा वर्षमा ३२ दिन सार्वजनिक बिदा रहेको छ । इरानमा २६ दिन,श्रीलङ्कामा २५ दिन,बङ्गलादेशमा २२ दिन इजिप्टमा २२ दिन, कम्बोडीयामा २१ दिन, भारतमा २१ दिन र जापानमा १६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्