सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का



काठमाडौँ । सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान ४।७ म्याग्‍नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो। सिन्धुपाल्चोक आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्