सुनको मूल्य घट्यो



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन तोलामा १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन तोलाको १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्