बैतडीको एक घरमा आगलागी हुँदा पाँच लाखको बराबरको क्षति



काठमाडौँ ।  बैतडीको एक घरमा आगलागी भएको छ। डिलासैनी गाउँपालिका–६ थलालका पुष्कर थलालको घरमा शनिवार साँझ आगो लागि भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार थलालको घरमा विद्युतको तार सर्ट भएर आगो लागेको हो । उनको घरमा आगलागी हुँदा खाद्यान्न, लत्ता–कपडा, सुन र नगद जलेर नष्ट भएको छ। उनको घरमा आगलागी हुँदा पाँच लाखको क्षति भएको प्रहरीले बताएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया दिनुहोस्