इन्डोनेसियामा ६.७ रेक्टर स्केलको भूकम्पको धक्का 



भूकम्प

काठमाडौँ । इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । इन्डोनेसियाको तालोद टापुमा आज ६.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ८० किलोमिटर गहिराइमा महसुस गरिएको थियो ।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेले इन्डोनेसियाको बलाई पुंगुटमा गत हप्ता बिहीबार ९८ किलोमिटर रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । यस भूकम्पको गहिराई २२१.७ किलोमिटर गहिराइमा रेकर्ड गरिएको थियो। यसमा पनि कुनै किसिमको जनधनको क्षति भएको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्