रोहितले आर्मी छोडे



काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले त्रिभुवन आर्मी क्लब छाडेका छन् । आर्मी क्लब छोडेर पौडेल एपिएफमा गएका हुन् । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता शनिवार देखि सुरु हुँदै छ ।

रोहितले पछिल्लो पटक आर्मीबाट गत महिना वीरगन्जमा सम्पन्न प्रो क्लब च्याम्पियनसिप खेलेका थिए । रोहित सन् २०१८ मा एपिएफले प्रधानमन्त्री कपको उपाधि जित्दा टोलीका सदस्य थिए । त्यसपछि रोहित एपिएफ छाडेर आर्मी गएका थिए । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एपिएफले आफ्नो टोलीको कप्तान बनाएको छ ।

रोहित गत वर्ष नेपालको कप्तानमा नियुक्त भएका थिए । उनको कप्तानीमा नेपालले सानदार प्रदर्शन गर्दै आएको छ । ओडिआई मान्यता निरन्तरता, टि२० विश्वकपमा पुनः स्थान र पहिलो पटक एसिया कप खेल्ने जस्ता ठुलो उपलब्धि हात पारेको छ ।

रोहित नेपालका भरपर्दा ब्याटर समेत हुन् । हरि चौहानले केही महिना अघिनै आर्मी छाडेका थिए । काठमाडौँ हुँदै बागमतीबाट प्रदेश छनोट खेले पनि उनले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

रोहितसँगै, हरि चौहान, सुशन भारी र विक्रम सोबलाई आर्मीको टिममा देख्न पाइने छैन । हरि चौहानले केही महिनाअघि नै आर्मी छोडेका थिए भने सुशन र विक्रम सोब आर्मी छोडेर अष्ट्रेलिया पलायन भएका छन् ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शनिवार देखी सुरु हुँदै छ । प्रतियोगिता राउन्ड रोविन प्रणालीमा रहेर ४६ वटा खेल हुनेछन् । त्रिवि क्रिकेट मैदान, मूलपानी र भैरहवामा यो प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्