न्यायाधीश गिरीकी श्रीमतीले अदालत परिसरमा गरिन् आत्मदाहको प्रयास



काठमाडौँ । सर्वोच्च अदालत परिसरमा न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी रावलले आत्मदाहको प्रयास गरेकी छन्। आइतबार मध्यान्ह उनले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी हुन्।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश कार्यालय प्रवेश गरे लगत्तै रावलले पेट्रोलियम पदार्थ रहेको ग्यालिङबाट शरीरमा तरल पदार्थ छर्की आत्मदाहको प्रयास गरेकी हुन्। अहिले उनलाई वीर अस्पताल लगिएको छ । उनले श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्