बार्सिलोना कोपा डेल रे को क्वार्टरफाइनलमा



काठमाडौँ । तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामाङ्का विरुद्ध पुनरागमन जित निकाल्दै बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। गएराति भएको खेलमा १- ० ले पछि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले ३-१ को जित निकालेको हो । ३१औं मिनेटमा जुआन सेरानोको क्रसमा सानदार भली प्रहार गर्दै अल्भारो गोमेजले घरेलु टोली युनियनिस्टाजलाई अग्रता दिलाएका थिए ।

४५औं मिनेटमा बार्सिलोनाले बराबरी गोल गर्न गर्यो । कर्नर पश्चात काउन्टर अट्याकमा जोआओ फेलिक्सको पासमा फेरान टोरसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले खेलमा पकड बनाइएको थियो।हाभी बन्न सफल भयो । ६९औं मिनेटमा जुल्स कुन्डेले बक्स बाहिरबाट आक्रामक प्रहार गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाए ।

त्यसको चार मिनेट पछि कुन्डेकै पासमा अलेहान्द्रो बाल्डेले गोल गरेपछि खेलमा बार्सिलोना बलियो भएको थियो। कोपा डेल रेको क्वार्टरफाइनलको ड्र शुक्रबार हुने छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्